• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रथम लुम्बिनी लोकतारा रूपन्देही अडिसन सम्पन्न, बसन्ता खनाल फाइनलमा छनोट

    • lumbinisanjal
    • २०८३ जेष्ठ २४, आईतवार ११:३९
    143
    SHARES
    प्रथम लुम्बिनी लोकतारा रूपन्देही अडिसन सम्पन्न, बसन्ता खनाल फाइनलमा छनोट

    बुटवल ,२४ जेठ । विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीको आयोजनामा प्रथम लुम्बिनी लोकतारा रूपन्देही अडिसन सम्पन्न भएको छ।

    शनिबार बुटवलमा आयोजित अडिसनमा १० जना प्रतिस्पर्धी कलाकारहरूको सहभागिता रहेको थियो। अडिसनमा उत्कृष्ट गायन प्रस्तुत गर्दै कलाकार बसन्ता खनाल उत्कृष्ट घोषित भई फाइनलका लागि छनोट भएकी छन्। अब उनले असार ७ गते कपिलवस्तुमा हुने फाइनल प्रतिस्पर्धामा सहभागिता जनाउनेछिन्।

    प्रतिष्ठानकी अध्यक्ष रितु थापाले कलाकारिता तथा लोकभाकाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। कार्यक्रममा केन्द्रीय सचिव दीपक गरौजा मगर, महिला सहसचिव सीता राना मगर, लुम्बिनी प्रदेश अध्यक्ष दामोदर बस्याल, कलाकारहरू नारायण बीपी परियार, उज्ज्वल गिरी, शिलु भट्टराई, रेशम खनाल, जिल्ला सचिव दीपक दर्लामी तथा कार्यक्रम संयोजक मिसन मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    अडिसनको निर्णायक मण्डलमा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संगीतकार विजय सापकोटा, दुर्गा पौडेल र विधान कार्की रहेका थिए। फाइनल प्रतियोगितामा उपाधि विजेताले नगद रु. ५२ हजार २२२, द्वितीय हुनेले रु. ३२ हजार २२२ तथा तृतीय हुनेले रु. २२ हजार २२२ सहित पुरस्कार प्राप्त गर्नेछन्।

    यस सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दामोदर बस्यालले प्रतियोगिताले नयाँ प्रतिभाको खोजी र लोकसंगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २४, आईतवार ११:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP