• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    आज नेपाल र म्यानमारबीच फाइनल भिडन्त

    • lumbinisanjal
    • २०८१ फाल्गुन १४, बुधबार ०२:५२
    1.9K
    SHARES
    आज नेपाल र म्यानमारबीच फाइनल भिडन्त

    काठमाडौं,१४ फाल्गुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

    चार देश सहभागी च्याम्पियनसिपमा म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

    म्यानमारले लिग चरणका तिन खेलमा दुई जित र एक बराबरीसहित ७ अङ्क हासिल गरेर शीर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अङ्क नै रहेको थियो ।

    तर गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १४, बुधबार ०२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP