• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल–अंग्रेज युद्धको ऐतिहासिक जित सम्झँदै आज जितगढी विजय दिवस मनाइँदै

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार ०७:०७
    559
    SHARES
    नेपाल–अंग्रेज युद्धको ऐतिहासिक जित सम्झँदै आज जितगढी विजय दिवस मनाइँदै

    बुटवल, ७ बैशाख । वि.सं. १८७२ साल बैशाख ७ गते बुटवलमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा यस वर्ष पनि बुटवलमा विविध कार्यक्रमसहित ‘जितगढी विजय दिवस’ मनाइँदै छ।

    करिब २११ वर्षअघि प्राप्त उक्त गौरवपूर्ण जितको सम्मानमा परम्परा, जातीय तथा सांस्कृतिक पहिचान झल्किने झाँकीसहित बुटवलस्थित जितगढी किल्लामा विशेष कार्यक्रम आयोजना गरिने भएको हो।

    कार्यक्रमअन्तर्गत गोरखाबाट हिँडेको नेपाली सेनाको टोलीलाई बिहान ९ बजे नुवाकोटमा स्वागत गर्दै औपचारिक सुरुवात गरिनेछ। त्यसपछि बिहान १० बजे बुटवल उपमहानगरपालिकाबाट विभिन्न झाँकीसहितको भव्य र्‍याली निकालिनेछ।

    बुटवल–१ स्थित जनबिनायक गणेश मन्दिरमा गोरखाबाट आएको नेपाली सेनाको टोलीलाई नगर प्रमुखले स्वागत गर्ने कार्यक्रम रहेको छ। साथै, कर्नेल उजिरसिंह थापाको सालिकअगाडि नेपाली सेनाद्वारा सलामी अर्पण गरिनेछ।

    ऐतिहासिक जितगढी किल्लामा ‘जितगढी महोत्सव’ आयोजना गरिनुका साथै साँझ ६ बजेदेखि ९ बजेसम्म भव्य सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

    यस कार्यक्रमले ऐतिहासिक वीरता, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक विविधताको संरक्षणमा थप ऊर्जा दिने विश्वास गरिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP