• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार १०:४६
    546
    SHARES
    एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

    दीपकलाल श्रेष्ठ/ बर्दिया ,६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वार्ड नं ७ डिभिजन वन कार्यालय बर्दियाको कार्यालय नजिक बर्दिया जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा योगा गर्न जान लागेका पैदलयात्रीहरुलाई खाली एम्बुलेन्सले आज बैशाख ६ गते आइतबार बिहान सवा ५ बजे ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको हो ।

    कोहलपुरबाट राजापुरतिर बिरामी लिन जाँदै गरेको लुम्बिनी प्रदेश को बा ०३०५ नंम्बरको एम्बुलेन्सले ठक्कर दिँदा दुर्घटनामा परी घाईते भएका गुलरिया, ७ बस्ने ५५ वर्षीय भुमीराज लामिछानेलाई उपचारको लागि नर्सिङ होम नेपालगंज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए। एम्बुलेन्सको ठक्करबाट दुर्घटनामा परी लामिछानेका ५ वर्षीय नातीको समेत मृत्यु भएको छ भने एम्बुलेन्सको ठक्करबाट लामिछानेका श्रीमति ५० वर्षीया सिता लामिछाने र सोही ठाउँका स्थानीय ६५ वर्षीय सुर्य उपाध्यायको नेपालगंज स्थित उपचार भईरहेको समेत प्रहरी निरीक्षक कार्कीले बताए।

    एम्बुलेसन्स चालक गेरुवा गाउँपालिका–५ का ४३ वर्षीय जगतराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP