• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

    • lumbinisanjal
    • २०८३ बैशाख ५, शनिबार १३:४४
    663
    SHARES
    इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

    काठमाडौं,५ बैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

    उनले आन्दोलन विद्यार्थी संगठनको नेतृत्वमा अघि बढाइने जानकारी दिँदै यस्ता संगठनलाई खारेज गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराए । विभिन्न सामाजिक तथा राष्ट्रिय मुद्दामा आवाज उठाउन विद्यार्थी संगठन आवश्यक हुने उनको भनाइ थियो ।

    प्रसाईंले विगतमा सामान्य दुई रुपैयाँ मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको उल्लेख गर्दै अहिले ठूलो दरमा मूल्य बढ्दा पनि विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए ।



    lumbinisanjal   
  • २०८३ बैशाख ५, शनिबार १३:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP