• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मानवियताको उदाहरण: जनप्रतिनिधि राईद्वारा निःशुल्क एम्बुलेन्स सेवा

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार १६:३७
    923
    SHARES
    मानवियताको उदाहरण: जनप्रतिनिधि राईद्वारा निःशुल्क एम्बुलेन्स सेवा

    बुटवल, ४ बैशाख । बुटवल उपमहानगरपालिका वडा नं. १ का जनप्रतिनिधि अशोक राईले वडा भित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा शारीरिक रूपमा अशक्त बालबालिकाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनुभएको छ।
    स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त सेवाबाट विपन्न, असहाय तथा आकस्मिक अवस्थामा रहेका नागरिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी आपतकालीन अवस्थामा अस्पतालसम्म पुग्न समस्या भोग्दै आएका नागरिकहरूका लागि यो पहल प्रभावकारी बन्ने विश्वास लिइएको छ।
    उहाँले आफू जनप्रतिनिधिको जिम्मेवारीमा रहुञ्जेलसम्म यो सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।
    यसअघि पनि राईले वडाबाट प्राप्त हुने सेवा–सुविधालाई व्यक्तिगत रूपमा उपभोग नगरी बालबालिका तथा विद्यार्थीहरूको हितमा खर्च गर्दै आउनुभएको छ। उहाँको यस्तो कार्यले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जनप्रतिनिधिहरूप्रति नागरिकको विश्वास अझ मजबुत बनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार १६:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP