• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नागरिक लगानी कोष र बुटवल हस्पिटलबीच उपचार सम्झौता

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार ११:३५
    754
    SHARES
    नागरिक लगानी कोष र बुटवल हस्पिटलबीच उपचार सम्झौता

    बुटवल, २५ चैत । नागरिक लगानी कोष र बुटवल हस्पिटल प्रा.ली.बीच स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने उद्देश्यसहित महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ ।

    सम्झौतासँगै अब कोषमा आबद्ध कर्मचारी तथा सहभागीहरूले बुटवल हस्पिटल प्रा.ली.मा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

    सम्झौतापत्रमा बुटवल हस्पिटल प्रा.ली.का अध्यक्ष चुन्नु प्रसाद पौडेल र नागरिक लगानी कोष लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखा प्रमुख कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

    यस सहकार्यलाई स्वास्थ्य सेवामा पहुँचलाई थप सहज र किफायती बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
    निजी क्षेत्रबाट सञ्चालित बुटवल हस्पिटल प्रा.ली. लुम्बिनी प्रदेशकै एक स्तरीय स्वास्थ्य संस्था मानिन्छ।

    १०० शैयाको क्षमता रहेको अस्पतालले २४ सै घण्टा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ, जसले स्थानीय बासिन्दाबीच विश्वास कायम गर्न सफल भएको छ। सम्झौता अनुसार नागरिक लगानी कोषअन्तर्गत सञ्चालित सावधिक जीवन बीमा, कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता अवकाश कोष योजना तथा नागरिक पेन्सन योजनामा आबद्ध सहभागीहरूले उक्त सुविधा लिन सक्नेछन्। सेवा उपभोग गर्दा कोषले उपलब्ध गराएको सक्कल परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    नागरिक लगानी कोषले सर्वसाधारणलाई बचत तथा लगानीतर्फ आकर्षित गर्दै आर्थिक सुरक्षाको आधार निर्माण गर्दै आएको सन्दर्भमा, यस्तो सहकार्यले सहभागीहरूलाई थप राहत र सुविधा प्रदान गर्ने विश्वास लिइएको छ।

    यस सम्झौताले कोषमा आबद्ध सेवाग्राहीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा अझ सुलभ, सहज र किफायती बनाउने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP